| Description |
:चितवन जिल्लाको रत्ननगर–१, बकुलहर (हरिहर मन्दिरको आडैमा) महेन्द्र राजमार्गमाको छेउमानै यस संस्था रहेको छ । हाल नेपालभर रहेका बिद्यालय, नया बनि रहेका पार्क तथा मनोरञ्जन स्थलसँगै अफिस तथा घरायसी प्रयोजनका लागि आवश्यक रहेका फाइबर, मेटल, काष्ठ तथा स्टिलका सामाग्रीहरु यस संस्थाले बिभिन्न देशबाट आउने उच्च क्वालिटीका कच्चा पदार्थको प्रयोग गरि बनाउदै आएको छ । नेपाल जस्तो भुपरिबेष्ठित देशमा बिदेशबाट कच्चा पदार्थ ल्याएर सामाग्री बनाउने भन्ने कुरा चानचुने बिषय भने पक्कै पनि होइन । तर पनि देशमानै उत्पादन गर्न सके बिदेशबाट बनेर आएका सामाग्रीहरु आम उपभोक्ताले महगोंमा किन्नु पर्ने बाध्यताको अन्त्य हुने र केही हदसम्म भएपनि नेपाली पैसा बिदेशमा जानबाट रोकिने बिश्वास यस संस्थाले लिएको छ । यस संस्थामा रहेका कालिगडसँग धेरै वर्ष काम गरेको अनुभवि रहनुले पनि यस संस्थाले उपलब्ध गराउने सामाग्रीहरुको सौन्दर्यतासँगै ग्राहकको चाहाना बमोजिमनै बनिरहेको र सधैनै सोही अनुसार नै रहने पनि सबैमा जानकारी गराउदछौ । |